Oplus_131072
काठमाडौं । मेडिकल व्यवसायी Durga Prasai विरुद्ध सरकारी वकिल कार्यालयले शान्ति सुरक्षामा असर पुर्याएको अभियोगमा मुद्दा अघि बढाएको छ। निर्वाचन प्रक्रिया अवरुद्ध पार्ने गतिविधिमा संलग्न भएको आरोपमा उनीमाथि शान्ति भंगसम्बन्धी कसुर अन्तर्गत कारबाही प्रक्रिया सुरु गरिएको हो।गत ११ फागुनमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउपछि प्रसाईंलाई हाजिरी जमानीमा रिहा गरिएको भए पनि सोही घटनासँग जोडिएका आरोपका आधारमा सरकारी वकिल कार्यालयले पुनः मुद्दा दर्ता गर्दै प्रक्रिया अगाडि बढाएको जनाएको छ।उक्त मुद्दा हाल जिल्ला प्रशासन कार्यालयमार्फत कानुनी प्रक्रियामा प्रवेश गराइएको छ।
प्रकाशित मिति: २८ चैत २०८२, शनिबार।


