
बुधबार बजार अनुगमन समितिले वीरगन्जका चार वटा बिर्यानी हाउसहरुमा छड्ेक अनुमगन गर्ने क्रममा दुई वटामा कुखुराको सडको मासु र म्याद गुज्रिएका मसालाबाट बिर्यानी बनाएर बिक्री गर्ने गरेको भेटिएको हो ।
बुधबार खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य अनुसन्धान अधिकृत सुरेशकुमार सिंह नेतृत्वको टोलीले ताज बिर्यानी,जाईका बिर्यानी,लजिज बिर्यानी र शाम मुरादावादी बिर्यानी हाउसमा छड्के अनुगमन गरेको हो ।
अनुगमनका क्रममा जाइका बिर्यानी र ताज बिर्यानी हाउसमा कुखुराको सडेको मासु र म्याद गुज्रिएका मसलाहरु भेटिएपछि जनही १०÷१० हजार रुपैयँ जरिवाना गर्दै एक पटकका लागि सचेत गराइएको खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जका खाद्य अनुसन्धान अधिकृत सिंहले जानकारी दिए । साथै अनुगमनका क्रममा भेटिएको सडेका मासु , म्याद गुज्रिएका मसला लगायतका बस्तुहरु नष्टपनि गरिएको उनले बताए ।



