बैतडी । पञ्चेश्वर गाउँपालिका–४ हल्दु विनायक क्षेत्रबाट करिब २१ लाख ९ हजार रुपैयाँ बराबरको अवैध किराना सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । चैत्र २९ गते भारतबाट अवैधरूपमा ल्याइँदै गरेको उक्त सामान नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. ५१ गुल्म बैतडीका अनुसार सु.प्र.प्र.०१–००२ त ५०९० नम्बरको ट्याक्टर र सु.प्र.प्र.०१–००१ च २७८९ नम्बरको बोलेरो पिकअपमा राखेर सामान नेपालतर्फ भित्र्याइँदै थियो ।
बरामद गरिएको सामानसहित दुवै सवारी साधनलाई आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।


