बिहीबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। आज प्रतितोला सुनको भाउ ५ हजार ४०० रुपैयाँले घट्दै ३ लाख २ हजार ३०० रुपैयाँमा कायम भएको हो। अघिल्लो दिन बुधबार सुनको मूल्य ३ लाख ७ हजार ७०० रुपैयाँ रहेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि मूल्य घटेको हो।
यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ। बिहीबार प्रतितोला चाँदी १४० रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य ५ हजार १५० रुपैयाँ रहेको थियो।
हालको मूल्य गिरावटले खरिदकर्तालाई केही राहत मिलेको छ भने बजारमा कारोबार बढ्ने अपेक्षा गरिएको छ।


