बिरगंज, पर्सा — हिन्दु स्वयंसेवक संघ नेपाल र कुम्हालटोलका युवाहरुको संयोजनमा रेल्वेरोडस्थित श्री पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक श्री हनुमान चालीसा पाठ मंगलबार सम्पन्न भएको छ।
गत मंसिर ११ गतेदेखि प्रत्येक मंगलवार बिहान ८ बजेबाट सुरु गरिएको सामूहिक चालीसा पाठ लगातार जारी रहेको आयोजक अमर सरार्फले जानकारी दिए। पाठ पश्चात भक्तजनलाई प्रसाद वितरण गरिँदै आएको छ।
“सनातन धर्मको संरक्षण र हिन्दु चेतनाको जागरण गर्न हामीले ‘हिन्दु हिन्दु एक हौं’ भन्ने भावना बोकेर यो धार्मिक अभ्यास सुरु गरेका हौं,” सरार्फले बताए।
कार्यक्रममा अमर सरार्फ, आनन्द सरार्फ, मन्दिप प्रसाद साह, प्रबिन मालीलगायत कुम्हालटोलका युवाहरु तथा श्रद्धालु भक्तजनको उल्लेखनीय उपस्थिति रहेको थियो।
संघका अनुसार प्रत्येक मंगलवार बिहान हुने श्री हनुमान चालीसा पाठलाई निरन्तरता दिइनेछ।


