वीरगन्ज, पर्सा – समाजमा नैतिकता र सुरक्षाको सवाल गम्भीर बन्दै गइरहेको बेला पर्सामा एउटा निन्दनीय घटना बाहिरिएको छ। वीरगन्ज महानगरपालिका-१२, मुर्लीमा आफ्नै छोरीको साथीलाई बुवाकै सहयोगमा पटक-पटक बला*त्कार गरिएको घटना सार्वजनिक भएको छ।
प्रहरीका अनुसार वीरगन्ज-३१ इस्लामपुरका शेख महमद अनवरले पीडित बालिकालाई घरमा बोलाएर पानीमा नसालु पदार्थ मिसाई बेहोस बनाएर घिनलाग्दो काम गर्दै आएका थिए। बालिका अहिले १० हप्ताकी गर्भवती रहेको खुलेको छ।
बालिकाले साहस बटुलेर घटना सार्वजनिक गरेपछि प्रहरीले अनवरलाई पक्राउ गरेको छ। समाजमा यस्ता विकृत मानसिकता भएका अपराधीहरूलाई कडा कानुनी कारबाही हुनुपर्ने माग उठिरहेको छ। के अब हाम्रो समाज सुरक्षित छ?


