काठमाडौं – प्रतिकुल मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानमा गडबडी आएको छ। न्यून भिजिविलिटीको कारण विभिन्न विमानहरु आकाशमै ‘होल्ड’ अवस्थामा परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, मौसमका कारण उडान गर्न कठिनाइ भएको र केही विमानलाई अस्थायी रूपमा होल्ड गर्नुपर्ने अवस्था आएको जानकारी दिएका छन्।
विमानस्थल कार्यालयका अनुसार, जापानको नारिता विमानस्थलबाट आएको नेपाल एयरलाइन्सको विमान पनि केही समय होल्डमा परेपछि अवतरण गर्न सक्षम भएको छ। त्यस्तै, कतार एयरवेजको विमान, भारतको नयाँ दिल्लीबाट आएको एयर इन्डिया, मलेसियाको क्वालालम्पुरबाट आएको बाटिक एयर, दुबईबाट आएको फ्लाइ दुबई, भैरहवाबाट आएको फ्लाइ दुबई, धनगढीबाट आएको बुद्ध एयर, र पोखराबाट आएको यति एयरलाइन्सका विमानहरु कम भिजिविलिटीका कारण होल्डमा परेका थिए।
यस घटनाले यात्रुहरूको यात्रा योजनामा असर पुर्याएको छ र विमानस्थलमा सुरक्षा व्यवस्था कडा गरिएको छ। विमानस्थल अधिकारीहरूले चाँडै स्थिति सामान्य हुने अपेक्षा व्यक्त गरेका छन्।


