निरञ्जन शाह,
वीरगंज, २०८१ फागुन २४
परिवर्तन नेपाल फाउन्डेशन, सुषमा कोइराला मेमोरियल अस्पताल र इन्टरप्लास्ट नेपालको सहकार्यमा निःशुल्क जलन तथा प्लास्टिक पुनर्निर्माण सर्जरी शिविर सम्पन्न भएको छ। यस विशेष कार्यक्रम परिवर्तन नेपाल फाउन्डेशनका अध्यक्ष सुशील पटेल कुर्मीको अध्यक्षतामा सम्पन्न भयो।
शिविरमा सुषमा कोइराला मेमोरियल अस्पतालका डा. राजु भण्डारी र डा. खगीन्द्र सरको प्राविधिक नेतृत्व रहेको थियो। साथै, सामाजिक अभियन्ता प्रकाश थारू, वीरगंज जेसीज २०२५ का अध्यक्ष सरोज चौरसिया, ग्राफिटी डिजिटल मिडिया प्रा. लि. का सञ्चालक राहुल कुशवाहा, प्रारूप एजुकेशन फाउंडेशनका दिलीप प्रजापति, पोखरिया एफएमका सञ्चालक छथु साह, मानवसेवा आश्रमका देवेश मानवसेवा, सामाजिक अभियन्ता किसु सर्राफ, बिकी सर्राफ, ओम झा, रविन्द्र श्रेष्ठ, राहुल साह, श्रवण साह, श्रीराम गिरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
परिवर्तन नेपाल फाउन्डेशनका पूर्व अध्यक्ष रणधीर वर्णवाल, सचिव विशेष साह, कोषाध्यक्ष अतुल कुमार, डा. राजेश कुमार, सदस्य कृतिका गोयल, स्वस्तिका नेपाल, सागर साह, सुमन पटेल, साजन पटेललगायत अन्य व्यक्तिहरूको पनि कार्यक्रममा उल्लेखनीय सहभागिता रहेको थियो।
शिविरले जलन तथा प्लास्टिक सर्जरी आवश्यक भएका बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गर्ने लक्ष्य राखेको थियो। आयोजक संस्थाहरूले आगामी दिनमा पनि यस्ता सेवामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


