वीरगञ्ज, फागुन ८
नेपाल रेडक्रस सोसाइटी पर्साको नयाँ नेतृत्व चयन भएपछि बिहीबार एक विशेष समारोहको आयोजना गरी नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न गरिएको छ।
पर्सा शाखाको सभापतिमा बृजकिशोर पटेल निर्वाचित भएका छन् भने अन्य पदाधिकारीहरूमा महिला उपसभापति मधु राणा, उपसभापति भगवती प्रसाद चौधरी, मन्त्री बिनोद गिरि, कोषाध्यक्ष दया शंकर सिंह राजपुत, उपकोषाध्यक्ष पवित्रा गजुरेल तथा विभिन्न सदस्यहरू चयन भएका छन्।
नेपाल रेडक्रस सोसाइटी केन्द्रबाट आएका निर्वाचन अधिकृत नारायण तिमिल्सिना को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्दै सपथग्रहण गराइएको थियो। निवर्तमान सभापति बिरेन्द्र राज कंडेल ले निर्वाचित टोलीलाई गम्छा ओढाएर सम्मान गरे।
कार्यक्रममा विभिन्न उपशाखाका पदाधिकारी, रेडक्रसकर्मी, पत्रकार एवं समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी पर्साका कार्यालय प्रमुख बिरसम्सेर कुर्मी ले गरेका थिए।


