बिरगंज, माघ ३०
बिरगंज महानगरपालिका वडा नम्बर ३, भगवती टोलमा सञ्चालित सफल तेक्वान्दो डोजाङका खेलाडीहरूलाई एक विशेष कार्यक्रममार्फत जुनियर ग्रेडिङ प्रमाण-पत्र र बेल्ट वितरण गरियो।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी प्रकाश उपाध्याय रहेका थिए। उनले प्रशिक्षण प्राप्त गरेका साना खेलाडीहरूलाई प्रमाण-पत्र तथा बेल्ट हस्तान्तरण गर्दै उज्जवल भविष्यको शुभकामना व्यक्त गरे।
कार्यक्रममा आमाको माया छात्रवासका अध्यक्ष भवरलाल पारिख, वडा नम्बर ४ का सदस्य शर्मा गोसाई, मुनलाइट स्कुलका संस्थापक श्याम केसी, बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, सञ्चारकर्मी अभिलाष गुप्ता, समाजसेवी राम साह, समीर हवारी, सेख अफरोजलगायतको उपस्थिति थियो।
सफल तेक्वान्दो डोजाङका सञ्चालक महम्मद ओसामा हवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा हाल ४० जना बालबालिकाले तेक्वान्दो प्रशिक्षण लिइरहेको जानकारी दिइयो। कार्यक्रमको सहजीकरण नाजिया हसन सिद्दीकीले गरेकी थिइन्।


