
पश्चिम नवलपरासी, २८ पुस – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ स्थित एच पाठशालामा एक दर्दनाक घटना सार्वजनिक भएको छ। शिक्षिका सन्जु चौधरीको कुटाइबाट यूकेजी कक्षामा अध्ययनरत ६ वर्षीय प्रशान्त चौधरीको बायाँ आँखा गम्भीर रूपमा क्षतिग्रस्त भएको छ।

घटना गत मंसिर १८ गते भए पनि उजुरी ढिलो दर्ता भएपछि मात्र सार्वजनिक भयो। पुस १९ गते शिक्षिकाविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिएको भए पनि उनी अहिले फरार रहेको जानकारी प्राप्त भएको छ।


