
अभिलाष गुप्ता
पौष २६, बीरगंज
सशस्त्र प्रहरीले पर्सा जिल्लाका विभिन्न स्थानहरूबाट अवैध रूपमा भन्सार छलि नेपाल भित्र्याइएका सामानसहित मानिसहरूलाई पक्राउ गरेको छ। प्रतिबन्धित लागू औषधि र इन्जिन ओएलसहित स्कुटर नियन्त्रणमा लिइएको छ।


सशस्त्र प्रहरीको भन्सार गस्ती टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित रजत जयन्ती चौकमा चेकजाँच गर्ने क्रममा इन्जिन ओएलसहित स्कुटर नियन्त्रणमा लिएको हो।
त्यसैगरी, बीरगंज महानगरपालिका वडा नम्बर १६ भिस्वा चौकमा भारतीय नम्बर प्लेटको बी.आर.२२ एम ७९८७ भएको ग्लाइमर मोटरसाइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको सामानसमेत बरामद गरिएको छ।

यसैगरी, बिरगंज भन्सार कार्यालय १६ चेक पोइन्ट अगाडि साइकलमा राखेर भारतबाट नेपाल ल्याउँदै गरेको प्रतिबन्धित लागू औषधि कोर्डिन फोस्फेट र टिप्रोलोडिङ हाइड्रोक्लोरोडिन सिरपसहित एक युवकलाई पक्राउ गरिएको छ। पक्राउ परेका युवक बारा जिल्लाको जितपुर, सिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवाना निवासी अनिल राई रहेको प्रहरीको जानकारीमा छ।
प्रहरीले आवश्यक अनुसन्धान र कारबाहीका लागि युवकलाई इनर्वा प्रहरी चौकीमा बुझाएको सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाले जानकारी दिएका छन्।


