Niranjan shah

पर्सा: सशस्त्र प्रहरी बल, सिमा सुरक्षा गुल्म पर्साले करिब ५ लाख रुपैयाँ बराबरका अवैध कपडाहरू बरामद गरेको छ। वीरगञ्ज महानगरपालिका, महावीर मन्दिर रोडस्थित एक गोदाममा गरिएको छापामारीमा भन्सार नतिरेका कपडाहरू फेला परेको हो।

सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकेन्द्र सुब्बाको नेतृत्वमा टोलीले गोप्य सूचनाको आधारमा छापा हानेको थियो। छापामारीमा विभिन्न प्रकारका कपडाहरू ठूलो परिमाणमा बरामद भएका छन्।
सशस्त्र प्रहरीले बरामद कपडाहरूको सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने जानकारी दिएको छ। यस कारबाहीले भन्सार छल्नेमाथि कानुनी कारबाही गर्ने उद्देश्यमा सहयोग पुग्ने विश्वास गरिएको छ।

सशस्त्र प्रहरी बलले यस्ता अवैध क्रियाकलापहरूमा आफ्नो निगरानीलाई अझ कडा बनाउने प्रतिवद्धता व्यक्त गरेको छ। यस प्रकारका अपरेशनहरूले तस्करी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


