बाजुरा: बाजुराको बुढीगंगा नगरपालिका-२ नडाङ सनइवाडामा ८ वर्षीया बालिकाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ।

स्थानीय हर्क सनइकी छोरी विनिता नेपालीको घाँटीमा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा ४८ वर्षीय नन्दे सनइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले पुष्टि गरेको छ।
घटनास्थलबाट प्रहरीले हसिया, बन्चरो र कोदालो जस्ता धारिला हतियारसमेत बरामद गरेको छ। प्रहरीका अनुसार हत्या प्रकरणको थप अनुसन्धान जारी छ।
घटना के कति कारणले भएको हो भन्नेबारे स्पष्ट विवरण आइनसके पनि यसले स्थानीय क्षेत्रमा भय र चिन्ताको वातावरण सिर्जना गरेको छ।


