वीरगन्ज कपडा बैंकले विश्वप्रसिद्ध गढिमाईको पञ्चवर्षीय मेलाको अवसरमा निशुल्क कपडा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। यो कार्यक्रम बारा कुर्मी सेवा समितिको पण्डालमा आयोजित गरिएको थियो।

कार्यक्रममा ४ हजारभन्दा बढी कपडा वितरण गरिएको वीरगन्ज कपडा बैंकका सचिव कन्हैया पटेलले जानकारी दिएका छन्। यस अवसरमा दाता, सल्लाहकार, सञ्चारकर्मी, शुभेच्छुक, पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो भने कोषाध्यक्ष मनोज मिश्राले विशेष भूमिका निर्वाह गरेका थिए।
कार्यक्रममा बैंकका संरक्षक सुरेन्द्र कुर्मी, सल्लाहकार पन्नालाल गुप्ता, केदार गुप्ता, पवन गुप्ता, सदस्यहरू संजय पटेल, राजेश पटेल, विश्वेश्वर पटेल, आकाश पटेल, श्रवण बहादुर रायमाझी, राजेन्द्र भट्टराई, जानकी देवी र कर्मचारी शोभा देवीलगायतको सक्रिय सहभागिता रहेको थियो।
गढिमाई मेलाको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वलाई थप मजबुत बनाउँदै यस प्रकारको कार्यक्रमले समाजमा सहयोग र सद्भावको सन्देश प्रवाह गरेको छ।


