काठमाडौं – मंसिर महिनामा प्रहरी संगठनका दुई अतिरिक्त महानिरीक्षक (एआईजी) उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्।

प्रहरी नियमावलीअनुसार ५६ वर्षे उमेरसीमाका कारण एआईजी केदार ढकाल र भीम ढकाल अनिवार्य अवकाशमा जान लागेका हुन्। प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागका अनुसार केदार ढकाल २२ मंसिरदेखि अनिवार्य अवकाशमा जाँदैछन्।
त्यसैगरी, भीम ढकाल २८ मंसिरमा उमेर हदका कारण आफ्नो सेवा अवधि समाप्त गर्दै अनिवार्य अवकाशमा जाँदैछन्। यद्यपि प्रहरीको सेवा अवधि ३० वर्ष तोकिएको छ, तर ५६ वर्षे उमेरसीमा नाघेपछि उनीहरूले अब प्रहरी सेवा जारी राख्न पाउने छैनन्।
एआईजीको अवकाशको क्रममा किरण बज्राचार्य पनि यही १४ पुसमा उमेरहदकै कारण अवकाशमा जान लागेकी छन्। यी सबै एआईजी हालका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरका ब्याची हुन्। उनीहरू २०५१ सालको चैतमा प्रहरी निरीक्षकका रूपमा संगठनमा भर्ना भएका थिए।
यस अवकाशले प्रहरी संगठनमा नेतृत्वको पुनः संरचनामा प्रभाव पर्न सक्ने आँकलन गरिएको छ।


