नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) पर्साका अध्यक्ष छोटेलाल प्रसाद साहले SGRA प्रोजेक्ट 2024 अन्तर्गत NTUC र JILAF को सहकार्यमा सञ्चालन गरिएको ३ महिनाको एड्भान्स ब्युटिसियन सिपमूलक तालिमको अनुगमन तथा निरीक्षण गरेका छन्।


बीरगंजको माइस्थानमा सञ्चालित यो तालिममा १५ जना प्रशिक्षार्थी सहभागी छन्। प्रशिक्षक राधा हमालका अनुसार सहभागीहरु नियमित रुपमा उपस्थित भइरहेका छन् र उत्साहपूर्वक नयाँ सिपहरु सिकिरहेका छन्।
तालिमपछि प्रशिक्षार्थीहरुले शीघ्र आफ्नै व्यवसाय सुरु गर्ने इच्छा व्यक्त गरेका छन्। अध्यक्ष साहले पनि तालिमको प्रगतिबारे जानकारी लिँदै, यस्ता कार्यक्रमहरुले व्यक्तिको आत्मनिर्भरता र रोजगार सुनिश्चित गर्न महत्त्वपूर्ण योगदान दिने बताए।
यो तालिमले ब्युटिसियन क्षेत्रका विभिन्न विधामा गहिरो ज्ञान प्रदान गरिरहेको र सहभागीहरुको व्यावसायिक जीवनमा नयाँ अवसरको ढोका खोल्ने विश्वास गरिएको छ।



