मोरङ – सुनसरीको बर्जु गाउँपालिकाबाट सशस्त्र प्रहरी बलले १८२ किलो गाँजा बरामद गरेको छ। प्रहरीको टोलीले गाउँपालिकाको अमडुवा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको गाँजा नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्टका प्रहरी निरीक्षक प्रकाश विक्रम कार्कीका अनुसार टेङ्ग्रा खोलाको किनारमा रहेको उखुबारी हुँदै गाँजा तस्करी भइरहेको समयमा उनीहरुले गाँजा बरामद गरेका थिए। बरामद गरिएको गाँजाको कुल तौल १८२.८१ किलो रहेको छ।
घटनास्थलमा ६ जना व्यक्ति संलग्न रहेको भए पनि प्रहरीलाई देख्नासाथ उनीहरु बोराहरू छोडेर भागेको प्रहरीले जनाएको छ।


