काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १६ रुपैयाँले घट्दै दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि सोमबार सुनको भाउ प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँ कायम थियो। अन्तर्राष्ट्रिय बजारको उतारचढावको प्रभावले स्थानीय बजारमा पनि मूल्यमा परिवर्तन आएको बताइएको छ।
उता, चाँदीको मूल्य भने आज बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ८० रुपैयाँले उकालो लाग्दै चार हजार ५०५ रुपैयाँ पुगेको छ। सोमबार भने चाँदी चार हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।
हाल सुनको मूल्य घटे पनि चाँदीमा देखिएको वृद्धि ले बजारमा मिश्रित अवस्था सिर्जना भएको छ।


