पर्सा, २०८२/११/०२ गते
पर्सा जिल्लाको Gen–Z समितिको अध्यक्षतामा जगरनाथपुर गाउँपालिकामा नयाँ कमिटी गठन गर्ने उद्देश्यसहित बैठक सम्पन्न भएको छ। बैठकले जगरनाथपुर क्षेत्रमा Gen–Z कमिटी विस्तार गर्ने निर्णय गर्दै संगठनलाई थप सक्रिय बनाउने निष्कर्ष निकालेको छ।
बैठकको निर्णयअनुसार जगरनाथपुर गाउँपालिकामा अमर किशोर ठाकुर लोहारको अध्यक्षतामा २१ सदस्यीय Gen–Z कमिटी गठन गरिएको छ। भेलाले उहाँको नेतृत्वमा युवाहरूलाई सदस्यको रूपमा समेट्दै संगठनलाई बलियो बनाउने निर्णय गरेको हो।
अन्य विषयमा पनि छलफल गर्दै समितिले आगामी दिनमा विभिन्न कार्यक्रम तथा गतिविधि सञ्चालन गर्ने निर्णय गरेको जनाइएको छ।
बैठकमा पर्सा Gen Z सल्लाहकार अधिवक्ता अनिल शाह, Gen Z कालिकामाई संयोजक राजनीश कुशवाहा ,सुशील पटेल ,मधुरञ्जन शाह लगायतका युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।नवगठित समितिमा हरि ओम , मिथुन प्रसाद पटेल लगायतका सदस्यहरू समेटिएका छन्।
Gen Z अभियानलाई जगरनाथपुर क्षेत्रमा विस्तार गर्दै युवाहरूलाई संगठित गर्ने लक्ष्यका साथ समिति गठन गरिएको आयोजकले बताएका छन्।


