वीरगन्ज ,२५ माघः
पर्सा क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले आइतबार जिराभवानी गाँउपालिका वडा नम्बर १ मा चुनावी घरदैलो कार्यक्रम गरेका छन् ।
कांग्रेसका नेता,कार्यकर्ता र समर्थकहरुका साथ वडा नम्बर १ को महादेव पट्टी शान्तिनगर पिपरा, भवानीपुर पकडी टोल, जगतिया र बलुव गाँउमा पुगेका रिजाललाई स्थानीयबासीले अबीर टीका र माला लगाएर स्वागतपनि गरेका थिए ।
मतदाताको घरघरमा पुगेका रिजाललाई स्थानीयबासीले आफ्नो गाँउठाँउको स्थानीय स्तरका समस्या सुनाएका थिए भने चुनावमा गरेका वाचा चुनाव जितेर गएपछि पुरा गर्न ध्यानाकर्षणपनि गराएका थिए ।
मतदाताहरुको गुनासो र समस्या सुन्दै पूर्वमन्त्रीसमेत रहेका रिजालले हिजोको कांग्रेस भन्दा अहिलेको कांग्रेस निक्कै फेरिएकोले अब जनताको समस्या सम्बोधनमा कांग्रेस अझ गम्भीर भएर लाग्ने प्रतिबद्धता जनाए । उनले युवाँ नेतृत्वले सम्हालेको कांग्रेसप्रति जनताको आशा र भरोसा बढेको भन्दै जनताको भरोसा कांग्रेसले टुट्न नदिने वाचापनि गरे ।
पर्सा–४ का जनताको सुखदुखमा आँफु सधैं साथामा नै रहेको स्मरण गराउँदै रिजालले भने,‘ फेरि एक पटक मलाई भरोसा गर्नुस्, म विगतको भन्दा अझ तपाईहरुको भरोसामा खरो रुपमा उत्रिने वाचा गर्छु ।’
उक्त घरदैलो कार्यक्रममा मधेस प्रदेशका वनमन्त्री शंकर प्रसाद चौधरी, कांग्रेसका प्रदेश महामन्त्री बृहस्पति कृष्ण लाल श्रेष्ठ, कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्तप्रसाद यादव, नवीन सिंह, कांग्रेसका बुथ सभापति शेख ग्यासुदिन, पूर्व वडा अध्यक्ष शेख नुमान आजम, युवा नेता सन्तोष चौरसिया लगायतकाकोपनि सहभागिता थियो ।


