पौष १५ वीरगञ्ज,
समाजवादी युवा संघ नेपाल, वीरगञ्ज महानगर समितिको गठन सम्पन्न भएको छ। हीजो सम्पन्न भेलाबाट श्री आकाश पटेलको अध्यक्षतामा ३१ सदस्यीय महानगर समिति सर्वसम्मत रूपमा गठन गरिएको हो।
नवगठित समितिले संगठनलाई जरा–तहसम्म विस्तार गर्दै युवालाई वैचारिक, संगठनात्मक तथा सामाजिक अभियानमा सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यक्रममा समाजवादी युवा संघकी केन्द्रीय सचिव करिमा बेगम, रेखा साह, केन्द्रीय अध्यक्ष ओम यादव (मनीष), जिल्ला सदस्य एम.डी. अली, वीरगञ्ज महानगर समितिका अध्यक्ष घनश्याम बाबु गुप्ता, उप–सचिव जलालुद्दीन अन्सारी, नगर सदस्य अञ्जु चौरसिया, प्रिया मिश्र, केन्द्रीय सदस्य दाउद, प्रेम पटेल, वकिल यादवलगायत नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले समाजवादी विचारधारालाई युवामाझ अझ मजबुत बनाउन संगठनात्मक एकता, अनुशासन र सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। साथै, नयाँ समितिले बेरोजगारी, शिक्षा, स्वास्थ्य, सामाजिक न्याय तथा लोकतान्त्रिक अधिकारका सवालमा युवाको आवाज सशक्त रूपमा उठाउने विश्वास व्यक्त गरिएको छ।
समितिको गठनसँगै वीरगञ्ज महानगर क्षेत्रमा समाजवादी युवा संघको संगठनात्मक आधार थप सुदृढ बनेको नेताहरूको धारणा रहेको छ। कार्यक्रमको अन्त्यमा नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै हार्दिक बधाई ज्ञापन गरिएको थियो।


