बीरगञ्ज , फाल्गुन ५
पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर–१७ अलौ सिवान टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले सञ्चालन गरेको घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा युवादेखि जेष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिताले चुनावी माहोल थप उत्साहपूर्ण बनेको थियो।
घरदैलो कार्यक्रमकै क्रममा ८५ वर्षीय जेष्ठ नागरिक जनक साहले उम्मेदवार कानुलाई विजयको आशीर्वाद दिँदै राजनीतिमा नेतृत्व परिवर्तन अपरिहार्य भइसकेको स्पष्ट सन्देश दिए। उनले सामाजिक सुरक्षा कार्यक्रम कुनै पार्टीको दया नभई राज्यको दायित्व भएको उल्लेख गर्दै मतदाताहरूलाई सचेत निर्णय गर्न आग्रह गरे।
“अबको समय परिवर्तनको हो। जेष्ठ नागरिक भत्ता, वृद्ध भत्ता, एकल महिला भत्ता जस्ता कार्यक्रम सरकारले दिन्छ, पार्टीले होइन। त्यसैले झुटो आश्वासनमा नपरी सही निर्णय गर्नु आवश्यक छ


