वीरगञ्ज । पर्सा जिल्लाको ठोरी गाउँपालिका–५ स्थित सुवर्णपुर चोकबाट मानसिक अवस्था कमजोर रहेका एक पुरुषलाई मानवसेवा आश्रम वीरगञ्ज शाखाले उद्धार गरी आश्रममा सुरक्षित रूपमा ल्याएको छ।
मंगलबार माघ २७ गते दिउँसो करिब २:३० बजे करिब ३० वर्ष उमेरका ती पुरुषले आफ्नो नामथर स्पष्ट बताउन नसकेको जनाइएको छ। सडकमा अलपत्र अवस्थामा भेटिएपछि आश्रमको टोलीले तत्काल उद्धार गरी संरक्षणका लागि आश्रममा पुर्याएको हो।
उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेश गुप्ता, शाखा संयोजक मुना मगर, अभिभावक प्रकाश थारु, ठोरी गाउँपालिका–५ का वडा अध्यक्ष अष्टबहादुर लोप्चन तथा प्रहरी चौकी सुवर्णपुरका वरिष्ठ हवलदार विवेक राउत कुर्मीको उपस्थिति रहेको थियो।
आश्रममा ल्याएपछि उद्धार गरिएका व्यक्तिको सरसफाइ तथा नुहाइधुवाइ गरिएको छ। अब डाक्टर भरत गोईको निगरानीमा आवश्यक औषधि उपचार र स्वास्थ्य सेवा प्रदान गरिने मानवसेवा आश्रमले जनाएको छ।


