काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ उचाइ छोएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले वृद्धि हुँदै ३ लाख ९ हजार रुपैयाँ पुगेको हो।
यसअघि आइतबार सुनको मूल्य तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो। पछिल्ला केही दिनयता सुनको भाउ लगातार उकालो लाग्दै आएको देखिएको छ। शुक्रबार मात्रै सुन तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार सोमबार चाँदी तोलाको ६ हजार ७ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव, लगानीकर्ताको बढ्दो आकर्षण र बजारको अस्थिरताका कारण सुनचाँदीको मूल्यमा चाप परिरहेको जानकारहरू बताउँछन्।


