बिरगंज , पर्सा
(JTUCC ) संयुक्त ट्रेड युनियन समन्वय केन्द्र राष्ट्रिय समितिको कार्यक्रम अनुसार आज JTUCC मधेस प्रदेशले पर्साको बिरगंजमा दबाब मुलुक श्रमिक रैली सम्पन्न गरेको छ। रैली पश्चात् प्रमुख जिल्ला अधिकारी जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत माननीय मुख्य मन्त्री ज्यु , मुख्य मन्त्रीको कार्यालय मधेश प्रदेश जनकपुर लाई ५ सुत्रिय माग राखी ज्ञापन बुझाएको छ।नेपालको संविधानले सुनिश्चित गरेका संगठन गर्ने सामूहिक सौदावाजी गर्ने उचित हुने सामाजिक सुरक्षा पाउने जस्ता मौलिक श्रमिक अधिकार समेत कमजोर भइरहेका छन्। यी विषयमा निम्न मुख्य मागहरू प्रदेश सरकार र माननीय मुख्य मत्रीज्यूको ध्यानाकर्षण गरिएको छ। प्रमुख मागहरू> वर्तमान बजार मूल्य र परिवारको न्यूनतम जीवनस्तरका आधारमा ४ सदस्यीय परिवारको न्यूनतम मासिक खर्च ८ ३०,००० १५,००० पर्न गएकोले वैज्ञानिक, नुलनात्मक र व्यवहारिक आधारमा न्यूनतम पारिश्रमिक रु ३०.४४३ तोकियोम् > विपक्षीय वार्तामा श्रमिकको प्रस्तावलाई गम्भीरताको साथ ग्रहण गरियोस् र भविष्यमा स्वतः मंशोधन हुने फर्ममा लागू गरिवीम् ।> धमसम्वन्धी ऐन-नियमहरुलाई समसामपरीक सुधार गरी प्रभावकारी रूपमा कार्यान्वयन गरियोन ।> श्रम ऐनको अपव्याख्या गरी श्रमिक निष्कासन, जगेडामा राख्ने, बदनियतपूर्वक सरुवा गर्ने तथा ठेकेदारी प्रचामार्फत श्रमिक आपूर्ति गर्ने कार्यलाई बन्द गरियोस् ।> सबै श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था अनिवार्य गरियोस् । माग संगै कुनै पनि राष्ट्रको आर्थिक समृद्धि श्रमिकको श्रमप्रतिको सम्मान र सुरक्षाबिना सम्भव छैन । यदि राज्य र रोजगारदाताले धमिकको न्यूनतम जीवनस्तर सुनिश्चित गर्न असफल भएमा, त्यो लोकतान्त्रिक मूल्य र माल्यताको गम्भीर अपमान हुनेछ भन्दै माननीय मुख्यमन्त्रीज्यूबाट आवश्यक पहल र सकारात्मक सम्बोधनको अपेक्षा लिएको छ।


