जनकपुर, असार २२ — मधेस प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा छलफल गर्नको लागि प्रदेश सभाको बैठक पुनः बोलाइएको छ। सचिवालयका अनुसार बैठक आइतबार दिउँसो १ बजे बस्ने तय गरिएको छ।
प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते आगामी वर्षको बजेट प्रस्तुत गरेका थिए। तर, त्यसलगत्तै असार ११ गते बसेको बैठक प्रभावकारी रूपमा अघि बढ्न नसकी करिब आधा घण्टामै अनिश्चितकालका लागि स्थगित गरिएको थियो।
प्रदेशसभाले अब बजेटका विषयमा गहन छलफल अगाडि बढाउने तयारी गरेको छ। सत्तापक्ष र विपक्षी दलबीच छलफल र सहकार्यका लागि यो बैठक महत्वपूर्ण हुने बताइएको छ।


