जेठ २६ – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्। बिहीबार काठमाडौंमा सम्पन्न निर्वाचनमा उनले ७३२ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतले पराजित गरे।
कडरिया यसअघि संगठनको केन्द्रीय सचिव थिए। ३२ वर्षे उमेर हद लागू भएसँगै नेतृत्वमा आएको परिवर्तनसँगै कडरियाले अध्यक्ष पदमा नयाँ नेतृत्व सम्हालेका हुन्।
निर्वाचनबाट विकास श्रेष्ठ र अञ्जना सिवाकोटी उपाध्यक्ष, दीपक धामी महासचिव, कमल जोशी उपमहासचिव, र आकाश घर्ती मगर, रचना सापकोटा, समिमबाबु खान र गोपाल नेपाल सचिवमा निर्वाचित भएका छन्।
त्यस्तै, क्षेत्रीय प्रतिनिधित्वका आधारमा सचिवालय सदस्यमा कोशीबाट प्रवीण कार्की, रोशन लामा र पुष्पा मगर; मधेशबाट दिवस सापकोटा र कायरा पोख्रेल; बागमतीबाट नविन्द्र चालिसे, भुवन मैनाली र सरस्वती थापा खड्का; उपत्यकाबाट सुनिल थापा र सुनिता घिमिरे; गण्डकीबाट किशोरचन्द्र सुवेदी, विनय पराजुल र कृति भट्टराई; लुम्बिनीबाट आर्जन रिमाल, सागर न्यौपाने र सीमा घिमिरे; कर्णालीबाट विराज भण्डारी र प्रतिमा खड्का क्षेत्री; सुदूरपश्चिमबाट किशोर शाह, रोशनबहादुर साउद र कल्पना तिमिल्सेना निर्वाचित भएका छन्।
यसैगरी, विश्वविद्यालय प्रतिनिधित्वतर्फ विशाल आचार्य, विशाल खड्का र बिहानी पंगेनी तथा सम्पर्क समिति र विभागतर्फ कविराज घिमिरे र सुस्मा शाही निर्वाचित भएका छन्।
समावेशी तर्फ जनजातिबाट लोकेन्द्र रानामगर, सौरभी सुनुवार; दलितबाट विष्णु विक; मधेशी/थारुबाट कमल राना थारु; मुस्लिम अल्पसंख्यकबाट फुर्वा छिरिङ शेर्पा; पिछडिएको क्षेत्रबाट छक्क लामा; समावेशी महिलातर्फ भूमिका कुमारी कुवर निर्विरोध निर्वाचित भएकी हुन्।
खुलातर्फ सदस्यमा रुद्रहरि पोख्रेल, नितेश लामिछाने, अकलबहादुर सिजापती, पुष्पराज भाम, समिर रिजाल तथा महिलातर्फ सृजा ढकाल र सुकृती सुवेदी निर्वाचित भएका छन्।


