बारा, जेठ १७ – वाइसीएल नेपाल, नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन, बाराको पाँचौं जिल्ला अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। अधिवेशनबाट सिकेन्द्र कुशवाहालाई सर्वसम्मत रुपमा जिल्ला अध्यक्षमा चयन गरिएको छ भने नयाँ जिल्ला समिति समेत गठन गरिएको छ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा बारा जिल्ला इञ्चार्ज क्षेत्र बहादुर श्रेष्ठ (अनिल) प्रमुख अतिथि रहेका थिए। विशिष्ट अतिथिका रुपमा केन्द्रीय सदस्य गीता कडेल, सोनालाल साह र राजन पौडेलको उपस्थिति रहेको थियो।
अन्य सहभागी अतिथिहरुमा पार्टीका प्रदेश कमिटी सदस्य प्रभु यादव, तपेश्वर राय, हरि चौलागाईं ‘लाल किरण’, रविराज दंगाल, बेनी मोक्तान, संविधानसभा सदस्य दिलमाया धामी, नगर कमिटी अध्यक्ष प्रेम बराल लगायतका नेताहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
त्यस्तै, YCL नेपालका केन्द्रीय सदस्य तथा प्रदेश सह-इञ्चार्ज देवसरन साह कानु, जिल्ला इञ्चार्ज रुकु पाख्रीन, प्रदेश सदस्य कृष्ण सिंह ठकुरी, तिर्थ गुरुङ, अब्दुलेश अन्सारी, नुरुल होदा र सञ्जय यादव समेत अधिवेशनमा उपस्थित थिए। जिल्ला सचिव विषम सापकोटा लगायत बुद्धिजीवी वर्गका प्रतिनिधिहरु – राजु प्रसाद अधिकारी, केदार गौतम र प्रसान्त ढुंगेल तथा स्थानीय नेताहरु भरत भण्डारी, रामप्रसाद लामिछाने र मनमाया घलेको समेत उपस्थिति रहेको थियो।
नव निर्वाचित अध्यक्ष सिकेन्द्र कुशवाहासहित सम्पूर्ण नयाँ जिल्ला समितिलाई पार्टी र YCL नेपालका नेताहरुले सफल कार्यकालको शुभकामना तथा बधाइ दिएका छन्।
कार्यक्रमले संगठनको संरचना सुदृढ गर्नुका साथै संगठनात्मक एकता सुदृढ गर्ने दिशामा नयाँ ऊर्जा प्रदान गरेको सहभागीहरूको धारणा छ।


