वीरगंज महानगरपालिका–१४ स्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ प्रमुख सचिदानन्द प्रसाद जसवालमाथि कार्यालय समयको बेवास्ता गर्दै मनपरी ढंगले उपस्थित हुने गरेको आरोप लागेको छ।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार जसवाल जति खेर मन लाग्यो त्यति खेर मात्र कार्यालय आउँछन् र जान्छन्। आज बिहान ११:२५ बजेसम्म कार्यालयमा अनुपस्थित रहेको अवस्थामा हाजिरी रजिस्टरमा टिपेक्स लगाएर जबर्जस्ती हाजिरी भरेको भेटिएपछि विवाद उत्पन्न भएको हो।
स्थानीय जनप्रतिनिधिले यस्तो कार्यले स्थानीय सरकारको नियम र गरिमामाथि चुनौती दिएको भन्दै तत्काल छानबिन र आवश्यक कारबाहीको माग गरेका छन्।
जनस्वास्थ्य प्रवर्द्धन शाखाको यस्तो लापरबाहीले सेवा प्रवाहमा असर पर्ने देखिएको छ।
pic: kundan singh kurmi tiger


