वीरगञ्ज, चैत १०
हरिखेतान बहुमुखी क्याम्पस र राउण्ड टेबल नेपालको संयुक्त आयोजनामा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस परिसरमै आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न वर्गका व्यक्तिहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
कार्यक्रममा १४ जना महिलासहित ६० जनाले रक्तदान गरेका थिए। कार्यक्रम राउण्ड टेबल नेपालका अध्यक्ष प्रवेश अग्रवालको अध्यक्षतामा सम्पन्न भएको थियो। नेपाल रेडक्रस सोसाइटी, रेशमकोठिका युवा संयोजक अभिलाष गुप्ताले कार्यक्रमको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
यस रक्तदान कार्यक्रममा सुरज यादव, निशा यादव, कल्पना यादव, जेशिका पाण्डे, अञ्जली कुमारी गुप्ता, पूजा कुमारी, सन्धा मगर, प्रीति कुमारी तिवारी लगायतले रक्तदान गरेका थिए। रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक जितेन्द्र कुश्वाको नेतृत्वमा मेडिकल टिमले रक्तसङ्कलन तथा व्यवस्थापनको जिम्मेवारी सम्हालेको थियो।


