४ कात्तिक, काठमाडौं। अमेरिकालाई पराजित गर्दै नेपालले टी-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा पनि जित हासिल गरेको छ।
खेलको अन्त्यसम्म दुवै टोलीको समान स्कोर भएपछि सुपर ओभरमा प्रवेश गरेको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकामाथि रोमाञ्चक जित दर्ता गरेको हो।
अमेरिकाले २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १७० रन बनाउँदा खेल सुपर ओभरमा धकेलिएको थियो।


