जनता समाजवादी पार्टी (जसपा) सम्बद्ध संघीय शिक्षक फोरमको पर्सा जिल्ला समिति र वीरगञ्ज महानगर समिति नयाँ नेतृत्व घोषणा भएको छ। २०८१ कार्तिक ९ गते, शुक्रबारको दिन सम्पन्न कार्यक्रममा श्री हरिन्द्र प्रसाद चौरसियाको अध्यक्षतामा ५१ सदस्यीय पर्सा जिल्ला कार्यसमिति र श्री मुनिलाल कर्णको नेतृत्वमा ३५ सदस्यीय वीरगञ्ज महानगर कार्यसमिति गठन भएको हो।
नवनिर्वाचित समितिलाई शुभकामना दिँदै सफल कार्यकालको कामना गरिएको छ। यसै अवसरमा संघीय शिक्षक फोरमले दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान समेत गरेको थियो।
कार्यक्रममा जसपाका सह महासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री माननीय प्रदीप यादव, वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, जसपाका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहन चौधरी, जसपाका जिल्ला अध्यक्ष तथा बहुदरमाई नगरपालिकाका प्रमुख सिंगासन साह तेली, जिल्ला सचिव उमेशलाल सहनी, महानगर अध्यक्ष ईश्वर चन्द्र यादव लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
सो कार्यक्रमको अध्यक्षता हरेन्द्र प्रसाद चौरसियाले गरेका थिए भने सहजीकरण हरेन्द्र प्रसाद कुर्मीले गरेका थिए।


