१९ वैशाख, वीरगञ्ज
वीरगञ्ज महानगरपालिकामा कार्यरत अधिकृत झुना महराको असामयिक निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न महानगरपालिकाले आज (शुक्रबार) एक दिनको शोक विदा दिएको छ।
१८ वैशाखमा निधन भएका महराको सम्झनामा नगर प्रमुखको उपस्थितिमा आज बिहान १०ः३० बजे नगरप्राङ्गणमा शोकसभा आयोजना गरिएको छ। शोकसभामा महानगरका सम्पूर्ण कर्मचारीहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ।
महानगरपालिकाले महराप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँको परिवारजनमा समवेदना प्रकट गरेको छ। दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नगरले सार्वजनिक रूपमा दु:ख साटेको हो।
प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार आजको दिन अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा स्थगित रहनेछन्।



