३० जेठ, काठमाडौं — विभिन्न मधेशकेन्द्रित राजनीतिक दलहरूको सम्मिलनमा बनेको संघीय लोकतान्त्रिक मोर्चाको बैठक आज दिउँसो ३ बजे शान्तिनगरस्थित राष्ट्रिय मुक्ति पार्टीको कार्यालयमा बस्ने भएको छ।
बैठकमा मोर्चाको कार्य सञ्चालन प्रणाली, आदिवासी जनजाति र मधेसी समुदायबीचको समन्वय, भिजिट भिसासम्बन्धी विवाद तथा अन्य समसामयिक विषयमा छलफल हुने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए।
सामेल दलहरूले वैकल्पिक शक्ति निर्माणको दिशामा अगाडि बढ्न सहमति जनाइसकेका छन्। मोर्चामा जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा सक्रिय रुपमा आवद्ध छन्।
बैठकको अध्यक्षता बैठक बोलाउने दलले गर्ने व्यवस्था गरिएको छ। यसअघि क्रमशः जनमत, लोसपा तथा जनता प्रगतिशील पार्टीले बैठकको पहल गरेका थिए।


