वीरगन्जको गीतामन्दिर रोडमा रहेको श्री शिरडी साई बाबा मन्दिर सेवा ट्रष्टले छैठौं वार्षिक उत्सवको अवसरमा संरक्षक निरज कुमार सरार्फ र रेखा देवी सरार्फलाई विशेष सम्मान गरेको छ। मन्दिरको विकास र सेवा कार्यमा योगदान पु¥याएको कदर गर्दै ट्रष्टका अध्यक्ष हिरालाल साह कानु र उपाध्यक्ष प्रवेश सरार्फले सम्मान प्रदान गरेका हुन्।
सम्मान ग्रहण गर्दै संरक्षक सरार्फले साई बाबाको शिक्षालाई स्मरण गर्दै उहाँले आत्म-प्राप्ति र निःस्वार्थ सेवाको महत्व दिनुभएको बताए। साई बाबाले प्रेम, परोपकार, क्षमा र अध्यात्मिक शान्तिलाई जीवनमा प्राथमिकता दिनुपर्ने कुरा आफ्नो शिक्षामा जोड दिएको उनले उल्लेख गरे।
यस अवसरमा ट्रष्टका उपाध्यक्ष प्रवेश सरार्फले मन्दिरले हरेक वर्ष वार्षिक उत्सव धुमधामका साथ मनाउँदै आएको र यस वर्ष पनि महाप्रसाद वितरणसँगै सत्संग तथा भजनकीर्तनको आयोजना गरिएको जानकारी दिए।



