वीरगन्ज – भारतको रक्सौलबाट आलुको बोरा भित्र लुकाएर अवैध रूपमा लागू औषध ओसारपसार गर्दै गरेका एक १३ वर्षीय किशोरलाई वीरगन्ज नाकामा पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका-१४ भौरा निवासी चन्दन सहनी रहेका छन्। सशस्त्र प्रहरीले वीरगन्ज-१६ स्थित भन्सार क्षेत्रमा जाँचका क्रममा उनलाई नियन्त्रणमा लिएको हो।
बुधबार साँझ रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको टाँगामा यात्रा गरिरहेका सहनीको साथमा रहेको सेतो बोरा जाँच गर्दा आलुमा लुकाइएका ५० बोतल लागू औषध फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए।
पक्राउ परेका बालकलाई कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


