वैशाख १३, वीरगञ्ज
१३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) ले वीरगञ्जको घण्टाघर चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजित रक्तदान कार्यक्रममा १ महिला सहित ३२ जनाले रक्तदान गरेका छन्।
कार्यक्रममा महासंघ मधेस प्रदेशका सइन्चार्ज अर्जुन चिमोरियाले प्रमुख अतिथिको रूपमा सहभागिता जनाएका थिए। नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति ब्रिजकिशोर पटेल, प्रभाकर गुप्ता, बेनी प्रसाद र महासंघका सचिव कृष्णप्रसाद पुडासैनीलगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता अखिल नेपाल ट्रेड युनियन महासंघ मधेस प्रदेश अध्यक्ष केदार देवकोटाले गरेका थिए। साथै नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताको विशेष उपस्थितिले कार्यक्रमलाई थप उर्जा दिएको थियो।
रक्तदान गर्नेहरूमध्ये सरुना नेसा, बलराम प्रसाद, सुरज प्रताप साह, राजेश साह, बिकेश सिंह, छुनीलाल चौधरी, कृष्ण पुडासैनी, श्रीराम यादव, मुकेश साहनी, सन्देश कुमार र समाजसेवी राजेन्द्र भट्टराईलगायतले सक्रियता देखाएका थिए।
कार्यक्रम सफल बनाउन वीरगञ्ज रक्तसंचार केन्द्रका प्राविधिक मनिष कुमार गुप्ता, नमित चौरसिया र बिवेक यादवले प्राविधिक सहयोग प्रदान गरेका थिए। आयोजकले रक्तदान कार्यक्रमलाई सफल बनाएर मानवताको सेवामा योगदान पुर्याएको बताएका छन्।


