
बीरगंज, माघ १६
बीरगंजस्थित बीपीएस प्लस टू कलेजमा आज एक विशेष कार्यक्रमको आयोजना गरी खेलकुद सप्ताहको औपचारिक सुरुवात गरिएको छ। प्रमुख अतिथि कलेजका शैक्षिक निर्देशक दीपक पटेल तथा एच.आर. निर्देशक सन्दीप कुशवाहाले संयुक्त रूपमा खेल सप्ताहको उद्घाटन गरेका हुन्।
खेलकुद सप्ताहको पहिलो दिन बैडमिन्टन तथा फुटबल खेल प्रतियोगिता सम्पन्न भएको खेल संयोजक आकाश पटेलले जानकारी दिए। कार्यक्रममा कलेजका शिक्षकहरू अंगद यादव, अजरोज हवारी, दीपक खत्री, ओमप्रकाश अविरल, विश्व विशेष दुबेदी, कोमल सर्राफ लगायतको उपस्थिति रहेको थियो।
बैडमिन्टन प्रतियोगितामा छात्रा समूहबाट रिषा वर्णवाल पहिलो, आकृति तिवारी दोस्रो, र रेनु साह तेस्रो स्थान हासिल गरेका छन्। सप्ताहव्यापी प्रतियोगितामा बैडमिन्टन, फुटबल, चेस, लुडो, स्किपिङ, डोरीयन, कबड्डी, खो-खो, स्लो साइकल, रेस, स्पुन मार्बल, र म्यूजिकल चेयरजस्ता खेलहरू समावेश गरिएका छन्।
उद्घाटन समारोहमा निर्देशक सन्दीप कुशवाहाले खेलकुद विद्यार्थीहरूको प्रतिभा पहिचान गर्ने उत्कृष्ट माध्यम भएको उल्लेख गर्दै, समयमै सीप विकास गर्न सकेमा उनीहरूका लागि उज्ज्वल भविष्यको ढोका खुल्ने धारणा व्यक्त गरे।


