बीरगंजका सडकहरूमा गाईबस्तुहरू सवारी साधनसँगै हिँडिरहेको दृश्य अहिले सामान्यजस्तै बनेको छ। छाडा गाईबस्तुहरूका कारण सवारी चलाउँदा दुर्घटना हुने सम्भावना दिनप्रतिदिन बढ्दै गएको छ। यसले यात्रु र चालकहरूमा असुरक्षा महसुस गराएको छ।
सवारी दुर्घटना नियन्त्रण गर्न तथा छाडा गाईबस्तुको व्यवस्थापनका लागि बिरगंजमा अध्ययनरत विद्यार्थीहरूले जिल्ला प्रशासन कार्यालयका प्रमुख (सीडीओ) लाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमार्फत छाडा छोडिएका गाईबस्तुहरूलाई नियन्त्रण गरी खुला क्षेत्र वा सुरक्षित स्थानमा व्यवस्थापन गर्न माग गरिएको छ।
विद्यार्थीहरूको भनाइअनुसार यस्ता समस्या समाधान गर्न स्थानीय निकायहरूले तत्काल ध्यान दिन आवश्यक छ। सडक सुरक्षा र नागरिकहरूको सुरक्षाका लागि छाडा गाईबस्तुको प्रभावकारी व्यवस्थापन अपरिहार्य देखिएको छ।


