निरञ्जन शाह,
बिरगंज जेसीजले भव्य रूपमा होली मिलन समारोहको आयोजना गरेको छ। उक्त कार्यक्रममा सहभागी तथा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूप्रति अध्यक्ष जेसी सरोज चौरसियाले विशेष धन्यवाद व्यक्त गरेका छन्।
उनले आफ्नो कार्यसमितिका सदस्यहरू, मनोनीत साथीहरू, पूर्व अध्यक्षहरू, जेसीजका साधारण सदस्यहरू लगायत सबैप्रति आभार प्रकट गर्दै रंगहरूको पर्व होलीको शुभकामना दिएका छन्।
समारोहमा आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य रहेको थियो। बिरगंज जेसीजले हरेक वर्ष यस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ।
जेसी सरोज चौरसिया
अध्यक्ष २०२५
बिरगंज जेसीज


