बारा, जेठ ५ – बाराको कलैया उपमहानगरपालिका–६ स्थित चिरानटोलबाट लागुऔषध कारोबारमा संलग्न भएको आशंकामा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा चिरानटोलका ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, २९ वर्षीय मोस्तकिम अन्सारी, उनकी २५ वर्षीया पत्नी नजिमा खातुन, ४० वर्षीय सुयब अन्सारी, २५ वर्षीय कोनुर आलम अन्सारी र ५४ वर्षीय सलाउद्दिन अन्सारी रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई विशेष सूचनाको आधारमा निगरानी गरी पक्राउ गरिएको हो। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ।


