७ पुष, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने सोमबार आफ्नो पहिलो तारेखका सिलसिलामा काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। अदालत परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको आरोपप्रति व्यङ्ग्य मिश्रित टिप्पणी गरे।
लामिछानेले ओलीले आफूलाई “गुन लगाइदिएको” भन्दै त्यसको भुक्तानी गर्न अदालत धाइरहेको बताए। उनका अनुसार विभिन्न जिल्लाका अदालतमा उपस्थित हुनुपर्ने अवस्थाले आफूलाई शारीरिक र मानसिक दबाबमा पारेको छ। “जिउँमा किला ठोकेको जस्तो अनुभूति भइरहेको छ,” उनले भने, “सात दिनभित्र सबै सम्बन्धित अदालतमा हाजिर हुनुपर्नेछ।”
उनले अझै पनि आफूले सामना गर्नुपर्ने चुनौती समाप्त नभएको संकेत गर्दै प्रक्रिया सामना गर्न तयारी गरिरहेको उल्लेख गरे। लामिछानेको यो अभिव्यक्तिलाई राजनीतिक व्यङ्ग्य र कानुनी संघर्षको सन्दर्भमा अर्थ्याइएको छ।


