पर्सा, बिरगञ्ज। पर्सा प्रहरीले बिरगञ्जको हानगरपालिका-२० हरपतगञ्जबाट ५० केजी गाँजासहित चार जनालाई नियन्त्रणमा लिएको छ। मंगलबार राति जिल्ला प्रहरी कार्यालय तथा मातहतको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका वडा नम्बर ७ तीनटोलियाका ३६ वर्षीय अकबर मियाँ, वडा नम्बर ७ छपकैयाका ४५ वर्षीय शिव महत्तो, वडा नम्बर १ विश्रामपुरका ४० वर्षीय पारस यादव र ५२ वर्षीय मैनुदिन मियाँ रहेका छन्।

प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार, कुलोको बाटो हुँदै टाउकोमा गाँजा बोकेर हिँडिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साले प्लास्टिकको बोरामा रातो प्लास्टिकले बेरिएको अवस्थामा चार पोकामा ५० केजी गाँजा फेला परेको जनाएको छ। पक्राउ परेकाहरूलाई हिरासतमा राखेर लागुऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको छ।


