पर्सा जिल्लामा स्थानीय युवा र राकेश यादवको सक्रियता तथा मातृका आई फाउन्डेसनको सहकार्यमा निशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ। शिविरमा धेरै बिरामीको मोतियाबिन्द अपरेसन सफलतापूर्वक सम्पन्न भएको छ, जसले धेरैलाई दृष्टि फर्काउने अवसर प्रदान गरेको छ।

यस पहललाई सफल बनाउन आर्थिक, भौतिक तथा भावनात्मक सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरूलाई आयोजकहरूले हृदयदेखि धन्यवाद व्यक्त गरेका छन्। स्थानीयस्तरमा स्वास्थ्य सेवा पु¥याउन यस्तो अभियानले ठूलो सहयोग पुर्याउने विश्वास गरिएको छ।
सहयोगी हातहरूका कारण यस प्रकारका सामाजिक सेवाका कार्यहरूले आगामी दिनमा थप विस्तार पाउने अपेक्षा राखिएको छ।


