वीरगञ्ज, पर्सा –
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संगठन विस्तारको अभियानलाई तीव्र बनाउँदै पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ मा नयाँ समिति गठन गरेको छ। शनिबार आयोजित एक विशेष भेलाबाट महेन्द्र प्रसाद साहको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरिएको हो।
राप्रपा पर्साका उपाध्यक्ष एवं प्रवक्ता मनोज कुमार मिश्रका अनुसार, नवगठित कमिटीमा उपाध्यक्षका रुपमा गोखुल गुप्ता र पिंकी अग्रवाल चयन भएका छन्। राजिव बिस्वास सचिव, हरि साह कोषाध्यक्ष र सदस्यहरूमा बिश्वनाथ पटेल, भरत भहतो नुनिया, अनिल साहसहित अन्य स्थानीय नेताहरू समावेश छन्।
समितिको गठन कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य अंगत ठाकुर, नन्दु श्रीवास्तव, संगठन विभाग प्रमुख चंदन मिश्रसहित अन्य वरिष्ठ नेताहरूको उपस्थिति रहेको थियो।
स्थानीय स्तरमा पार्टीलाई सशक्त बनाउने उद्देश्यले गठन गरिएको यो समिति राप्रपाको संगठन सुदृढीकरणतर्फ एक महत्वपूर्ण कदमको रूपमा लिइएको छ।


