पर्सामा नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्य समिति द्वारा आयोजित प्रथम जिल्ला परिषद् भव्य रूपमा सम्पन्न भएको छ। परिषद्को अध्यक्षता नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोटेलाल प्रसाद साहले गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री थिए। विशेष अतिथिको रुपमा मधेश प्रदेश सभा सदस्य श्याम पटेल, नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, सचिव इम्तियाज आलम, नेता ओमप्रकाश शर्मा, राज कृष्ण अमात्य, शान्ति कार्की, र जिल्ला सदस्य धर्मेन्द्र कुमार पटेलको उपस्थिति थियो।
क्षेत्रीय सभापति साहबुदिन अंसारी, निजामती कर्मचारी युनियन संघका केन्द्रीय उपाध्यक्ष अशोक रौनियार, शिक्षक नेता तीर्थराज यादव, प्रदीप पटेल, अशोक साह, ट्रेड युनियन कांग्रेस राष्ट्रिय समिति सदस्य माधव प्रसाद उपाध्याय, मधेश प्रदेश अध्यक्ष विजय यादव, श्रमिक नेता लक्ष्मण प्रसाद कुर्मी र अमृत लाल जोशी लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरूले पनि कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे।
कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिँदै, अध्यक्ष साहले श्रमिक अधिकारका मुद्दामा अझ बलियो एकता र संकल्पका साथ अघि बढ्न सबैलाई आह्वान गरे।
जय नेपाल!


