वीरगंज – तपाईले निर्जल जल कम्पनीको पानी उपभोग गरिरहनु भएको छ भने तुरुन्तै सावधानी अपनाउनुहोला। हालै मात्र निर्जल कम्पनीको पानीको जारभित्र किराको उपस्थिती फेला परेको छ, जसले उपभोक्तामाझ ठूलो त्रास फैलाएको छ।
स्वास्थ्य तथा सरसफाइका मापदण्ड पालना गर्नुपर्ने स्थानमा यस्तो लापरवाही हुँदा सम्बन्धित निकायहरूले तुरुन्तै कारबाही प्रक्रिया सुरु गर्नुपर्ने उपभोक्ताहरूको माग छ।
निर्जल जल कम्पनीले भने घटनाको अनुसन्धान भइरहेको र उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै आवश्यक कदम चालिने आश्वासन दिएको छ। तर, यस घटनापछि पानी उपभोग गर्ने नागरिकहरूमा ठूलो चिन्ता छाएको छ।
सरकारले पनि यस विषयमा ध्यान दिएर तुरुन्तै आवश्यक छानबिन र कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने माग विभिन्न संघ-संस्थाहरूले गरेका छन्।
तपाईं पनि सचेत रहनुहोस्, स्वस्थ रहनुहोस्!


