पाकिस्तानमा प्रविधिमा लगानी बढ्दै गए पनि नक्कली कागजात पहिचान गर्ने प्रभावकारी संयन्त्रको अभाव कायमै छ। यसैको फाइदा उठाउँदै नक्कली प्रमाणपत्रधारीहरू अवसर पाउँदै छन्, भने मेहनती विद्यार्थीहरू अन्यायमा परिरहेका छन्।
हालै सार्वजनिक एक रिपोर्टले कराँचीका १०० भन्दा बढी मेडिकल विद्यार्थीहरू नक्कली कागजातका आधारमा भर्ना भएको तथ्य उजागर गरेको छ। ती विद्यार्थीहरूले कराँचीबाहेकका क्षेत्रबाट परीक्षा उर्तिण गरे तापनि कराँचीका लागि छुट्याइएको कोटाबाट मेडिकल कलेजमा नाम लेखाएका थिए।
सबैभन्दा चिन्ताजनक पक्ष के छ भने, उनीहरू केवल संयोगवश मात्र समातिए। प्रवेश प्रक्रियामा डिजिटल प्रमाणीकरण प्रणाली नहुँदा योग्य विद्यार्थीहरू प्रतिस्पर्धाबाट बाहिरिन बाध्य छन्।
सरकारले तुरुन्त प्रभावकारी पहिचान प्रणाली लागू गर्दै शैक्षिक संस्थाहरूलाई कडाइका साथ प्रमाणीकरण गर्न निर्देश दिनुपर्छ। नत्र, नक्कली प्रमाणपत्रधारीहरूको बिगबिगीले योग्य विद्यार्थीहरूको भविष्य अन्धकारमय बन्ने खतरा छ।


