२३ पुष, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार छल्ने प्रयासमा रहेको ६१ ग्राम सुनसहित एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति चितवनको भरतपुर महानगरपालिका–१२ निवासी २५ वर्षीय सञ्जय तामाङ हुन्।


प्रहरीका अनुसार, एयर इन्डियाको दोहा-काठमाडौं उडानबाट आएका तामाङलाई विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टनेल गेटमा नियन्त्रणमा लिइएको हो। उनीमाथि थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको बताइएको छ।



